प्रायजसोः कार्यक्रम भएपनि खर्च विवरण सार्वजनिक भएका हुँदैनन् नि ? भन्ने प्रश्नमा उनले भने, ‘हामीले खेलकुद प्रतियोगिता आयोजना गर्नुअघि नै पत्रकार सम्मेलनमार्फत एक साताभित्र खर्च सार्वजनिक गर्ने भनेका थियौँ । तर, कारणवश केही ढिला भयो, हामी समाजप्रति जवाफदेही छौँ भन्नका लागि पनि खर्च विवरण सार्वजनिक गरिएको हो ।’
उनले समाजसँग उठाएर गरिएका कार्यक्रमको अय, व्यय विवरणमाथि प्रश्न उठिरहँदा यो क्लबले भने पारदर्शीताका निम्ति पनि चाँडै नै खर्च विवरण सार्वजनिक गरेको बताए । ‘कार्यक्रमको उदेश्य के हो रु भनेर गरिएका कार्यक्रम पारदर्शी हुनुपर्छ,’ केसीले भने, ‘हामी स्वच्छतापूर्वक काम गरिरहेका छौँ ।’
इटहरीमा यसअघि हुँदै आइरहेको ‘इटहरी गोल्डकप’लाई यो प्रतियोगिताले असर पारेको भन्ने सन्दर्भमा उनले खण्डन गरे ।
‘हामीले इटहरी गोल्डकप गराउने आयोजकका साथीहरूसहित, प्रदेश खेलकुद बोर्ड र एन्फासँग सल्लाह गरेर यो प्रतियोगिता आयोजना गरेका हौँ,’ उनले भने, ‘आयोजक योङ्ग ब्रदर्श क्लब भएपनि यो हामी सबैले गरेको प्रतियोगिता ठानेर उहाँहरूले सहयोग गर्नुभएको छ । बजारमा भइरहेका हल्ला र प्रचारमा अल्झिने कुरा भएन ।’
उनकाअनुसार खेल अवधिभर करिब २० हजार दर्शक सहभागी भए । दर्शकको उत्साहले आफूहरूलाई थप प्रोत्साहन मिलेको उनको भनाइ छ ।
यसअघि माघ २० गते भएको फाइनल खेलमा बिटिएफसी (भगिमान तुम्बाहाम्फे फुटबल क्लब)तेह्रथुमले चुमेको थियो ।
खेलमा सिधुँवा सिंहदेवी फुटबल क्लब धनुकटालाई ४–१ गोल अन्तरले पराजित गर्दै बिटिएफसीले उपाधि चुम्दै नगद दुई लाख २२ हजार रुपैयाँ हात पारेको थियो । यसैगरी सिधुँवाले नगद एक लाख ११ हजार हात पारेको थियो । प्रतियोगितामा कोसी प्रदेशका आठ वटा टिम सहभागी रहेका थिए ।
प्रतिक्रिया