मानेभन्ज्याङ भारत र दीपेन्द्र शिखर ओएसिस महिला गोल्ड कपको फाइनलमा प्रवेश

शनिबार, ०५ फागुन २०८०
  इलाम फागुन / भारतको मानेभन्ज्याङ फुटबल क्लब र दीपेन्द्र शिखर फुटबल क्लब इलाम इलाममा जारी प्रथम ओएसिस महिला गोल्ड कपको फाइनलमा प्रवेश गरेका छन् । शनिवार सम्पन्न सेमी फाइनलमा मानेभन्ज्याङले नवबुद्ध फुटबल क्लब सप्तरीलाई पाखा लगाउँदै सेमी फाइनलको यात्रा तय गरेको हो । जितका लागि मानेभन्ज्याङका तर्फबाट खेल सुरु भएको तेस्रो मिनेटमा सिम्रन गुरुङले गरेको गोल नै फाइनल प्रवेशका लागि पर्याप्त बन्यो । खेलको उमन अफ दि म्याच गोल गर्ने खेलाडी सम्रन गुरुङ घोषित हुँदै नगद र ट्रफी प्राप्त गरिन् ।     दुवै टिमबाट थुप्रै गोल गर्ने अवसर सदुपयोग हुन सकेनन् । अर्को सेमिफाइनल खेलमा दीपेन्द्र शिखर फुटबल क्लबले उपाधि दाबेदार मानिएको बिर्तामोड युनाइटेडलाई पाखा लगायो । जितका लागि खेलको २९ औँ मिनेटमा ताम्लिका सरकारले गरेको गोल गरिन् । मध्यान्तर पछिको आठौँ मिनेटमा सोही टिमका तर्फबाट सुस्मिता सरकारले अर्को गोल गरिन् । खेलको उमन अफदि म्याच ताम्लिका सरकार घोषित हुँदै नगद र ट्रफी प्राप्त गरिन् । उमन अफ दि म्याच माइजोगमाई गाउँपालिकाकी उपाध्यक्ष प्रविना राईले पुरस्कार वितरण गरिन् । प्रतियोगिताको फाइनल खेल फागुन सात गते हुने आयोजक क्लब ओएसिसका अध्यक्ष च्याङ मुखियाले जानकारी दिए । खेलको प्रथम हुने टिमलाई नगद दुई लाख प्रदान गरिने आयोजक समितिका कोषाध्यक्ष रोशन राईले बताए । उनका अनुसार दोस्रो हुने टिमलाई नगद एक लाख प्रदान गरिने छ । प्रतियोगिताको फाइनल खेल फागुन सात गते प्रजातन्त्र दिवशको दिन हुने आयोजक समितिका खेलकुद संयोजक ध्रुव राईले जानकारी दिए । प्रतियोगितामा नेपाल र भारतका गरी आठ वटा टिमको सहभागिता रहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार