कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता भोलिदेखि

मंगलबार, ०८ फागुन २०८०
विराटनगर । पाँचथरमा भोलि बुधबारदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाका ६८ जना खेलाडीहरुको सहभागिता रहने जनाइएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको समन्वय र कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा फागुन ९ बुधबारदेखि ११ गतेसम्म प्रतियोगिता हुने भएको हो । प्रतियोगिताका खेलहरु जिल्ल्ला समन्वय समिति पाँचथरको कबर्ड हलमा सञ्चालन हुनेछन् । प्रतियोगितामा मेन्स डबल, मेन्स सिंगल, वुमन डबल, वुमन सिंगल र मिक्स डबलका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति पाँचथरका अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । प्रतियोगिताको हरेक विधाका विजेताले ट्रफीसहित नगद २० हजार, १० हजार र ५ हजार प्राप्त गर्नेछन् । सोही अवसरमा खुल्ला भेट्रान्स प्रतियोगिता पनि हुने भएको छ । यसका बिजेताले ३० हजार र उपविजेताले १५ हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार