२४ औँ बुढासुब्बा गोल्डकपको तयारी पुरा

विहीबार, २४ फागुन २०८०
धरान । २४ औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको  छ । बिहीबार धरान रंगशालामा पत्रकार सम्मेलन गर्दै धरान फुटबल क्लबको अध्यक्ष प्रताप तामाङले २४ औँ संस्करणलाई अझ विशेष बनाउन सबै तयारी पूरा भईसकेको बताए । फागुन २६ देखि चैत्र ३ गते सम्म धरान रंगशालामा हुने प्रतियोगितामा विजेताले १० लाख रुपैयाँ र उप–विजेताले ५ लाख रुपैयाँ साथै मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । प्रतियोगिताको उत्कृष्ट खेलाडी १ लाख र प्रत्येक खेलको म्यान अफ द म्यान १० हजार रुपैयाँ, उत्कृष्ट गोल रक्षक २५ हजार रुपैयाँ, उत्कृष्ट डिफेन्स २५ हजार रुपैयाँ,उत्कृष्ट मिड फिल्डरले २५ हजार रुपैयाँ, उत्कृष्ट स्ट्राइकरले २५ हजार उत्कृष्ट प्रशिक्षकले २५ हजार, सर्वाधिक गोलकर्ताले रु।३५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । पूर्ण रूपमा व्यवसायीक हुन नसकेको खेलकुद क्षेत्र र देशले भोगिरहेको आर्थिक मन्दीको कारण प्रतियोगिता आयोजनामा चुनौतीपूर्ण भए पनि खेलाडीहरूलाई रोजगार मूलक र व्यवसायी मूलक बनाउने योजनासहित आर्थिक पारदर्शिता, संस्थागत निर्णयहरूलाई ईमान्दारिता पूर्वक लागु गर्ने उद्देश्य सहित २४ औँ संस्करणको वुढासुब्बा गोल्डकप गर्न लागिएको अध्यक्ष तामाङले बताए । प्रतियोगितामा ७७ लाख, ६० हजार आम्दानी हुने अनुमान रहेको छ भने ६६ लाख ५५ हजार अनुमानित खर्च लाग्ने उनले बताए । प्रतियोगितामा चर्च ब्वाईज क्लब (लिग च्याम्पियन) , नेपाल पुलिस क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल सङ्घ मोरङ, भारतीय क्लब (युके एफसी) ले सहभागिता जनाउने आयोजकले जनाएको छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार