झापा । एन्फा मकवानपुरलाई ५– १ गोलको फराकिलो अन्तरले पराजीत गर्दै झापा ११ फुटबल क्लब छैटौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा एन्फा मकवानपुरलाई ५– १ को फराकिलो जीत निकाल्दै झापा– ११ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलमा झापाका लागि आदित्य शाक्य, विदेशी खेलाडी हेरिसन, प्रदीप बुढाथोकी, बबिन बोहोरा र आशिष चापागाईंले गोल गरेका थिए ।
खेलको २४ औं मिनेटमा आदित्य शाक्यले झापालाई अग्रता दिलाए । घरेलु मैदानमा दर्शकको राम्रो साथ पाएको झापाले खेलको ६६ औं मिनेटमा अग्रतालाई दोब्बर बनायो ।
डिबक्समा समिराज थोकरको पासमा हेरिसनले उत्कृष्ट फिनिसिङ गरे । खेलको ८३ औं मिनेटमा झापाका प्रदीप बुढाथोकीले गोल गरे । बेञ्चबाट मैदान छिरेको एकमिनेट पनि नहुँदै उनले गोल गरे ।
विपक्षी गोलरक्षक गोपी वर्तौलला अनावश्यक बिट हुँदा उनले गोल गरेका हुन् । यस्तै खेलको अतिरिक्त समयमा झापाका लागि बबिन बोहोराले गोल गरे । अतिरिक्त समयमा नै झापाका लागि आशिष चापागाईंले गोल गरे । खेलमा मकवानपुरले एक गोल सान्त्वना गोल फर्कायो । खेलको ७९ औं नम्बर मकवानपुरका ओस्कारले गोल गरे ।
जितसँगै झापाले फाइनल प्रवेशका लागि शनिबार चर्चब्वाइजसँग खेल्नेछ । खेलको म्यान अफ द म्याच समिराज थोकर हुँदै नगद ११ हजार प्राप्त गरे । शुक्ररबारको पहिलो सेमिफाइनल खेल झापा गोल्डकपको चारपटक विजेता त्रिभुवन आर्मी र एपीएफ फुटबल क्लबबीच हुनेछ ।
१० टोली सहभागी गोल्ड कपको विजेताले नगद १३ लाखसहित आकर्षक ट्रफी पाउनेछ भने उपविजेता टोलीले नगद ७ लाखमा चित्त बुझाउनु पर्नेछ ।
(फोटो फिचर )
प्रतिक्रिया