पाँचथरमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २८ गते देखी 

आइतबार, २७ फागुन २०८०
पाँचथर /  जिल्लामा अन्तरपालिका स्तरीय १४ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० हुने भएको छ । जिल्ला खेलकुद विकास समिति पाँचथरको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद्  र कोसी खेलकुद विकास बोर्डको आर्थिक व्यवस्थापनमा सञ्चालन हुने प्रतियोगिता फागुन २८ गते देखि ३० गतेसम्म हुने भएको हो । यसका लागि तयारी थालिएको जिल्ला खेलकुद विकास समिति पाँचथरको अध्यक्ष सन्तोष मोक्तानले जानकारी दिए । प्रतियोगिता फिदिम माविको खेलमैदानमा आयोजना हुने भएको छ । प्रतियोगितामा ६ विधाका खेलहरू सञ्चालन हुने बताइएको छ । प्रतियोगितामा भलिबल,कबड्डी, एथ्लेट्रिक,कराँते, तेक्वान्दो र उस्सुका खेलहरू आयोजना हुनेछन्। सबै खेलहरू छात्र र छात्राहरूको छुटा छुट्टै प्रतिस्पर्धा हुने छ ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार