एसीसी प्रिमियर कपको सेमिफाइनल आज, नेपालको सामना युएईसँग

शुक्रबार, ०७ बैशाख २०८१
काठमाडौँ । आज एसी सी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन् । बुधवार समूह चरणका खेल सकिएसँगै सेमिफाइनलको समीकरण पुरा भएको थियो । समूह ए बाट नेपाल समूह विजेता र हङकङ उपविजेता हुँदै सेमिफाइनलमा पुगेका छन् भने समूह बी बाट ओमान विजेता र युएई उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनलमा नेपाल र युएई खेल्दै छन् । यो खेल नेपाली समय अनुसार बिहान ११. ४५ बजेदेखि सुरु हुने छ । नेपाल र युएई एसोसियट्स देशका चिरपरिचित प्रतिद्वन्द्वी मानिन्छन् । यी दुई बिचको खेललाई एसिसियट्स देशको क्लासिको समेत भनिन्छ । नेपाल र युएईबिच अहिलेसम्म ९ टी-२० खेल भएका छन् । जसमा नेपालले ५ खेल जितेको छ भने युएईले ४ खेल जितेको छ । त्यस्तै दोस्रो सेमिफाइनलमा ओमान र हङकङ खेल्दै छन् । यो खेल अपराह्न ४.१५ बजेदेखि सुरु हुने छ । यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एसिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसी सी इमर्जिङ टिम्स एसिया कपमा छनौट हुने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार