प्रधानाध्यापक लामाले विद्यालयका शिक्षकहरूले अब नियमित रूपमा आफ्नो जातीअनुसारको पोसाक लगाउनुपर्ने नियम बनाइएको पनि जानकारी दिए । विद्यालयले स्थानमा जातीय पोसाक लगाउने व्यवस्था गरेर नयाँ सन्देश दिन खोजिएको प्रधानाध्यापक बलको भनाइ छ ।
‘सामाजिक विषयको पाठ्यक्रममै जात, धर्म, संस्कार, संस्कृति, बाजागाजा र पोसाकको पढाइ गर्नुपर्ने हुन्छ। त्यसैको सिलसिलामा यी विषयहरूको व्यावहारिक ज्ञान दिन यो व्यवस्था गरेका हौँ’, प्रधानाध्यापक बलले भने, ‘कक्षा १ देखि १२ सम्म नै तस्बिर देखाएर यो फलानो जातिको पोसाक भनेर देखाउनु, चिनाउनु, पढाउनुभन्दा यो गरेपछि हरेक कक्षाकोठा नै शैक्षिक सामग्री र मोडल बन्छ। त्यहीँ सिकाइ हुन्छ।’
यता अभियानले पोसाक लगाउने सीपको विकास हुनुका साथै औपचारिक शिक्षाको व्यावहारिक ज्ञान हुने विद्यालयको ठम्याइ छ। आफ्नो पोसाकबारे जानकारी पाउँदा नयाँ पुस्ताबाट संस्कृति र परम्पराको निरन्तरता हुने देखिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा प्रसाद गौतमले बताए।
अहिले शिक्षकहरूबाट सुरु गरेका छौँ बिस्तारै विद्यालयले अभियानै सञ्चालनका लागि सबै अभिभावक र वडाका जनप्रतिनिधिहरूसँग छलफल गरेर विद्यार्थीलाई समेत जातीय पोसाक खरिद गरी लगाउने बानी बसाल्न विद्यालयले आह्वान गरेर यस वर्षदेखि नियमित गर्ने तयारीमा छौँ ।
‘पोसाकमार्फत नयाँ पुस्तामा संस्कृतिको हस्तान्तरण गर्न विद्यालयले शिक्षकहरूबाट सुरु भएको यो अभियान विद्यार्थीहरूमा पनि विस्तार गरिन्छ ।’ ६ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत यो विद्यालयमा १६ महिला शिक्षिका सहित ३० शिक्षक शिक्षिका र ४ जना कर्मचारी छन् ।
प्रतिक्रिया