विराटनगर / मधेस प्रदेशका तत्कालीन आर्थिक मामिला मन्त्री विजयकुमार यादवलाई अक्तियारले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले मधेस प्रदेशका तत्कालीन मन्त्री विजयकुमार यादवसहित ५ जनालाई दोषी ठहर गरेको हो। दुई जनाले भने सफाइ पाएका छन्।
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष नीरज भण्डारी र सदस्य देवेन्द्र राय पनि दोषी ठहर भएका छन्।
लालबन्दी नगरपालिकाका तत्कालीन प्रमुख मानबहादुर खड्का र मधेस सरकारका तत्कालीन सचिव प्रेमकुमार श्रेष्ठले भने सफाइ पाएका छन्।
सर्लाहीको लालबन्दीमा रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष सङ्कलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०७६र०७७ को बजेट वक्तव्यमा सङ्घीय सरकारबाट समपूरक अनुदानका रूपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो।
तर आर्थिक मामिला मन्त्री यादव र लामबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले आफूलाई नभएको अधिकार प्रयोग गरी कानुन विपरीत झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनियत पूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ असोज २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
विशेष अदालतले यो मुद्दामा ५ जनालाई दोषी ठहर गरे पनि सजाय निर्धारण भने गरेको छैन। सजाय निर्धारणका लागि २५ असारमा इजलास बस्नेछ।
प्रतिक्रिया