इटहरी : सुनसरीको इटहरीमा प्रथम अन्तर प्रादेशिक महिला ह्विलचियर बास्केटबल प्रतियोगिता २०८१ सुरु भएको छ ।
स्पाइनल इन्जुरी सघ कोशी प्रदेशको आयोजनामा इटहरीको विश्व आदर्श एकेडेमीको प्राङ्गणमा प्रतियोगिताको सुरुवात भएको हो ।
प्रथम अन्तर प्रादेशिक महिला ह्विलचियर बास्केटबल प्रतियोगिता अपाङ्कगहरुले पनि केही गर्न सक्छन् भन्ने छाप यो समाजलाई दिन र आफूमा अपाङ्गता भएका व्यक्तिहरू सक्षम छन् भन्ने सन्देश दिन प्रतियोगिताको आयोजना गरिएको स्पाइनल इन्जुरी सघ कोशी प्रदेश महासचिव राजन बराइलीले बताए ।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका कोशी प्रदेश सामाजिक विकास मन्त्री पाँच कर्ण राईले खेलमा सहभागी खेलाडीहरूले खेलेको खेल उत्साह पूर्ण रहेको बताउँदै अपाङ्ग भए पनि सपाङ्गले झैँ खेलेको बताउँदै आफूले गर्न सक्ने काम गर्ने मन्त्री राईले बताए ।
कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै डोल्पाबाट आएकी ह्विलचियर बास्केटबल खेलाडी प्रेमा गुरुङले केही नगरी बस्दा आफू अपाङ्ग छु भन्ने प्रकारका भावहरू मनमा आउने भएपनी खेल खेल्दा भने आफू असक्त र अपाङ्ग छु भन्ने नलाग्ने बताइन् ।
खेलमा मधेस प्रदेश बाहेकका छ प्रदेश खेलमा सहभागी रहेका छन् भने उद्घाटन खेल कोशी भर्सेस कर्णाली प्रदेश बिच भएकोमा कोशीले जित हासिल गरेको छ । खेल अवधि भर १८ लाख खर्च हुने स्पाइनल इन्जुरी सङ्घ कोशी प्रदेश महासचिव राजन बराइलीले जानकारी दिए ।
प्रतिक्रिया