प्रवेश परीक्षाको नतिजाको आधारमा उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न विधामा पूर्ण छात्रवृत्तिसहित अध्यापन भइरहेको उनले जनाए । असार २२ गते शनिबार प्रवेश परीक्षा रहेको र एक सयभन्दा बढी विद्यार्थीहरूलाई छात्रवृत्ति दिइने उनको भनाइ छ । ‘दक्ष तथा अनुभवी शिक्षकहरूद्धारा आधुनिक पद्धतिको प्रयोग गरी पठनपाठन गराइन्छ,’ उनले भने, ‘सुविधा सम्पन्न पुस्तकलायसँगै अत्याधुनिक र सुविधा सम्पन्न साइन्स ल्याव, कम्प्युटर ल्याव लगायतको व्यवस्था हुँदासमेत विद्यार्थीको आकर्षण बढिरहेको छ ।’
उनका अनुसार बिहानी र दिवा सत्र गरी दुई सिफ्टमा अध्यापन हुँदै आएको छ । दिवा सत्रमा अध्ययन गर्ने विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था भएको साथै पहाडी जिल्लाबाट अध्यापनका लागि आउने विद्यार्थीहरूका लागि विशेष ग्राह्यता राखिने कलेजको दाबी छ । न्यौपानेका अनुसार गरिब, दलित, जेहेन्दार, पिछडिएको वर्ग, दुर्गम क्षेत्र, असहाय लगायतका छात्र छात्राहरूलाई पूर्णदेखि आंशिक छात्रवृत्तिको समेत व्यवस्था गरिएको छ ।
कलेज प्रशासनका अनुसार कलेज बस बिहान र दिउँसो दुवै सिफ्टमा इनरुवा, लौकही, चक्रघट्टी, प्रकाशपुर पुग्नेछ । यसैगरी पूर्वतर्फ बेलबारी, लक्ष्मीमार्ग, भाउन्ने र डाँगीहाटसम्म बसको सुविधा रहेको छ । यता, तरहरा आसपासका भित्री गाउँसम्म र दक्षिणतर्फ खनार, दुहबीसम्म बसको सुविधा रहेको कलेजले जनाएको छ ।
कलेजमा हाल मास्टर डिग्री समेत सञ्चालन हुँदै आएको छ । २०५९ सालमा पूर्वाञ्चल विश्वविद्यालयबाट स्वीकृति लिई सेमेष्टर प्रणालीमा आधारित बिबिए अध्यापनको सुरुआत गरिएको उनले बताए । उनका अनुसार बिबिए अध्ययनरत विद्यार्थीहरूले २ पटक नेपाल टप गरी गोल्ड मेडल समेत प्राप्त गरिसकेका छन् ।
उच्च माध्यमिक शिक्षा परीषदको निर्देशन अनुसार प्लस २ सञ्चालित उच्च माविहरूले स्कुल समेत सञ्चालन गर्नुपर्ने निर्देशन बमोजिम वि.सं. २०६३ सालमा कस्तुरी एकेडेमी स्थापना भएको उनको भनाइ छ ।
न्यौपानेका अनुसार स्थापनकालमा २६ जना विद्यार्थीबाट सुरु भएको र हाल कलेजको गुणस्तरीय शिक्षाका कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको छ । उनले भने, ‘खासगरी व्यवस्थापन विषयका लागि कस्तुरी कलेज आम मानिसको रोजाइमा पर्छ ।’
#Advt
प्रतिक्रिया