सप्तरी:बिवाहाका लागि जोहो गरेको ५ लाख आगलागीमा खरानी

शुक्रबार, १२ फागुन २०७९
सप्तरी ।  सप्तरीको बोदेबर्साईन नगरपालिकामा आगलागी हुदा करिब २५ लाख बराबरको क्षति भएको छ । बोदेबर्साईन नगरपालिका वडा१० खडकपुरमा बिहीबार आगलागी एकाएक आगलागी भएको थियो । आगलागीमा परी स्थानीय पलानु यादव, गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको घर जलेर नष्ट भएको छ । आगलागीमा परी पालानु यादवले छोरीको बिवाहाका लागि जोहो गरेर राखेको नगद ५ लाख सहित गरगहना, मोबाइल, टेलिभिजन, लत्ताकपडा भाँडाकुँडा, फर्निचरका सामान तथा अन्नपात जलेर नष्ट भएको छ । छोरीको बिवाहाका लागि किनमेल गर्न बजार गएको समयमा दिउँसो करिब  २ बजे आगलागी भएको थियो । घरमा कोही नभएका कारण घरमा भएको सम्पुर्ण सामान जलेर नष्ट  भएको पिडित यादवले बताए । आगलागीमा छिमेकी गोहालु यादव, उमेश यादव र विरेन्द्र यादवको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामान समेत जलेर नष्ट भएको बताइएको छ । आगलागीमा केही पशु चौपाया समेत जलेको स्थानीयक‍ो भनाइ रहेको  छ । राजविराज नगरपालिका र शम्भुनाथ नगरपालिकाबाट गएको बरुणयन्त्र,स्थानीयबासी र प्रहरीको सहयोगमा २ घण्टापछी नियन्त्रणमा आएको स्थानीयले जानकारी दिएका  छन्  ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार