पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

सोमबार, ०७ साउन २०८१
विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गए राति सर्लाहीको चन्द्रनगर गाउँपालिका १ रतनपुरस्थित निवासमै ७५ वर्षीय रायको हत्या भएको हो । प्रहरीका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा आफ्नै निवासमा उहाँ मृत भेटिएका हुन् । उनको राति ११ बजे धारिलो हतियार प्रहार गरी घरमै हत्या भएको थियो। प्रहरीले मुचुल्का उठाएर शवलाई मलंगवा अस्पताल पठाएको छ भने थप अनुसन्धान जारी छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार