१० वर्ष अघिदेखि आफै सँग काम गर्दै आएका व्यक्तिनै पूर्व राज्यमन्त्री रायका हत्यारा 

सोमबार, १४ साउन २०८१
सर्लाही : ग्गाको विवादलाई लिएर आफ्नै विश्वासपात्रले पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रहरी अनुसन्धानले देखिएको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले सोमवार रायको हत्यामा संलग्न रहेका दुई जनालाई सार्वजनिक गरेको छ । अभियुक्तमध्ये एक जना पूर्व राज्यमन्त्री रायको विश्वासपात्र भएको प्रहरीको भनाइ छ । १० वर्षदेखि पूर्व राज्यमन्त्री रायको घरमा भान्सा लगायत आवश्यक अन्य काम गर्दै आएका २५ वर्षीय राम उजैन रायले हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिन आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एसपी रवीन्द्र कुमार सिंहले जानकारी गराएका छन् । जिल्ला प्रहरी कार्यालय मलंगवामा सोमबार पत्रकार सम्मेलन गर्दै एसपी सिंहले राम उजैन राय र चन्द्रनगर गाउँपालिका १ का ४६ वर्षीय वीरेन्द्र रायलाई पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न रहेको भन्दै सार्वजनिक गरेको छ । वीरेन्द्र राय र पूर्व राज्यमन्त्रीबिच जग्गाको विवाद रहेको तथा वीरेन्द्र रायले नै हत्या गर्न लगाएको अनुसन्धानबाट देखिएको एसपी सिंहले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । प्रहरीले रायको हत्या गर्न प्रयोग गरिएको धारिलो हतियार फर्सा हत्या गरिएको स्थान भन्दा केही पर बाँसको झाङमा फेला पारेको थियो। हत्या गर्ने समयमा राम उजैनले प्रयोग गरेका हाफ पेन्ट ब्याग भित्र लुकाएको अवस्थामा फेला पारेका छन् भने रगत लागेको गन्जी टुक्रा टुक्रा पारी भकुन्डो जस्तो बनाई फालेको अवस्थामा फेला पारेको छ। पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। यस अघि प्रहरीले घटनासँग सम्बन्धित विभिन्न व्यक्तिहरूको पोलीग्राफी टेस्ट समेत गरेको थियो। राय राप्रपा पार्टीका पूर्व उपाध्यक्ष र हाल केन्द्रीय सदस्य रहेका थिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार