मोरङमा करेन्ट लागेर १६ वर्षीय किशोरको मृत्यु

शनिबार, १९ साउन २०८१
मोरङ : मोरङको बूढीगंगा गाउँपालिका २ स्थितमा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा १६ वर्षीय आकाश ऋषिदेव रहेका छन् । आफ्नै घर नजिकै रहेको बसता खोलामा खेतीको लागि लगाएको मोटर पम्प सेट चलाउने क्रममा अचानक करेन्ट लागेर घाइते भएका उनको विराट टिचिङ अस्पतालमा मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार