कानेपोखरीबाट साइकल चोरीमा संलग्न दुई जना पक्राउ

बुधबार, २३ साउन २०८१
विराटनगर । मोरङको कानेपोखरीबाट साइकल चोरी गर्दै गर्दा दुई जनालाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ । कानेपोखरी गाउँपालिका–५ का दीपक चौधरीले पार्किङ गरेर राखेको साइकल चोरी गरेर लैजाने क्रममा कानेपोखरी –६ रमाइलो बजारबाट दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–२ का ३२ वर्षीय राजन चौधरी र २५ वर्षीय श्याम चौधरी रहेका छन् । कानेपोखरी गाउँपालिकाबाट खटिएको नगर प्रहरी र स्थानीयले नियन्त्रणमा लिएर दुवै जनालाई प्रहरीको जिम्मा लगाएका हुन् । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । दुवै जनाविरुद्ध चोरी मुद्दा चलाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार