झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जना पक्राउ

बुधबार, २३ साउन २०८१
विराटनगर । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो सुनसरीको अस्थायी प्रहरी पोस्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान - १७ का २७ वर्षीय जित बहादुर बुढाथोकीलाई प्रतिबन्धित औषधी ७२० क्याप्सुल र ८४० ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका २ का २३ वर्षीय भूपेन्द्र सिंह राजवंशी र १९ वर्षीय आशिका नेम्वाङ लिम्बुलाई ५६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यस्तै मोरङको अस्थायी प्रहरीपोष्ट मटेरुवाले चेकजाँचको क्रममा प्र.१-०२-०४८-प९५०७ नम्बरको मोटरसाइकलमा सवार रहेका विराटनगर ४ का २० वर्षीय पाञ्जोल घिमिरे र बिर्तामोड झापाका ३५ वर्षीय सरोज बुढाथोकीलाई ४९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरीएको छ । यस्तै इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे ४ का ३० वर्षीय हिमाल खतिवडा र ३७ वर्षीय नरबहादुर दाहाललाई ४८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनीहरूको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार