कानेपोखरीमा विद्यालय भवनको उद्घाटन

बुधबार, २३ साउन २०८१
विराटनगर : सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मोरङको कानेपोखरीमा रहेको शिक्षा माध्यमिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । बुधबार कानेपोखरी गाउँपालिका वडा नम्बर २ दलेलीमा रहेको विद्यालयमा निर्मित १० कोठे भवनको पोखरेलले रिबन काटेर उद्घाटन गरेका हुन् । उद्घाटनपछि उनले विद्यालयलाई देशकै नमुना विद्यालय बनाउने गरी काम गर्न निर्देशन दिए । नवनिर्मित भवनको अधिकतम उपयोग गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षकहरुलाई उनले अनुरोध गरे । पोखरेलले शिक्षाको क्षेत्रमा विकास गर्न सकेमात्र भोलिको भविष्य निर्माण गर्न सकिने बताए । उक्त भवन २ करोड ७३ लाखको लागतमा निर्माण भएको गाउँपालिका अध्यक्ष राजमती इङनामले जानकारी दिइन् । कार्यक्रममा पोखरेलसहित गाउँपालिका अध्यक्ष इङनाम, उपाध्यक्ष भोला अधिकारी, वडा नम्बर २ का अध्यक्ष सुशील बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार