समाजवाद उन्मुख आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्नका लागि सामुदायिक वनको व्यवस्थापन संरचना संरक्षणसँगसँगै उत्पादन, उद्यम तथा रोजगारी उन्मुख हुनुपर्ने मुख्यमन्त्री कार्कीको धारणा छ ।
यसका लागि समयानुकुल नीतिगत तथा कानुनी संरचना र कार्यक्रम मार्फत यथेष्ठ प्रयास गर्ने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे ।
सरकारले वनको व्यवस्थापन जनसहभागिताबाट गर्ने नीति अनुसार सिन्धुपाल्चोक जिल्लाको ठोकर्पामा पर्ने वन क्षेत्र २०३० साउन २५ गते समुदायलाई संरक्षण र व्यवस्थापनको जिम्मा दिएको दिनलाई स्मरण गर्दै २०७३ सालदेखि साउन २५ गते राष्ट्रिय सामुदायिक वन दिवसका रूपमा मनाउने गरिएको छ ।
यस वर्ष भने ‘सामुदायिक वनको प्रभावकारिता तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ आज दिवस मनाइँदै छ ।
प्रतिक्रिया