झापाबाट पेस्तोलसहित एक जना पक्राउ

सोमबार, २८ साउन २०८१
झापा । झापाको दमकबाट प्रहरीले पेस्तोलसहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक नगरपालिका–८ घर भएका ३६ वर्षीय सञ्जिव गजमेर छन् । सोमबार दमक नगरपालिका–५ मा को.३८ प ५६४९ नम्बरको स्कुटर चेकजाँच गर्दा स्कुटरको अगाडीपट्टि लुकाएर राखेको अवस्थामा पेस्तोल भेटिएको इलाका प्रहरी कार्यालय दमकले जानकारी दिएको छ । आरोपीको साथबाट प्रहरीले ‘स्पेसल मेड इन इटली अटोम्सियल ’ लेखिएको खैरो रङको कभर सहितको पेस्तोल र सो पेस्तोलमा लाग्ने दुईथान म्याग्जिन बरामद गरेको छ । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको छ । बिहान दमक नगरपालिका-५ बानेश्वर हाइट मार्ग जाने भित्री सडकबाट उनलाई पक्राउ गरिएको हो । को ३८ प ५६४९ नम्बरको स्कुटरमा सवार उनले पेस्तोल बोकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार