खोलामा डुबेर बालकको मृत्यु

सोमबार, २८ साउन २०८१
झापा : झापामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भद्रपुर नगरपालिका वडा नं. १ मा देवी खोलामा डुबेर स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइलीको मृत्यु भएको हो । खेल्ने क्रममा लडेर बालक खोलामा डुबेका थिए । डुबेर गम्भीर घाइते भएका उनको स्थानीयको पहलमा तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अस्पताल पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार