उदयपुर : जिप दुर्घटनामा शिक्षिकाको मृत्यु, चालकसहित आठ जना घाइते

आइतबार, ०२ भदौ २०८१
उदयपुर : उदयपुरमा जिप दुर्घटना हुँदा एकजना शिक्षिकाको मृत्यु भएको छ । गाईघाट–लाहान सडक खण्डमा आइतबार (आज) दिउँसो जिप दुर्घटनामा परी उदयपुरकी एक शिक्षिकाको मृत्यु भएको हो । दुर्घटनामा चालकसहित आठजना यात्रु घाइते भएका छन्। गाईघाटदेखि लाहानत‌र्फ जाँदै गरेको बा १ ज ६२७९ नम्बरको विङ्गर जिप त्रियुगा नगरपालिका ६ जलजलेमाथि चुरे जङ्गलमा आफैँ अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा त्रियुगा नगरपालिका ३ की ४९ वर्षीया गीता कार्की राउतको मृत्यु भएको प्रहरीले जनाएको छ। राउत त्रियुगा नगरपालिका ७ चुहाडेस्थित जनज्योति माविमा कार्यरत शिक्षिका हुन्। लाहानतर्फ जाँदै गरेको जिप चुरे ओरालोमा ब्रेक फेल भई सडकदेखि ३० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार राउतको घटनास्थलमै निधन भएको हो । चालक सप्तरीको सुरुङ्गा नगरपालिका २ का दिवस विकसहित ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। बाँकी दुईजनाको भने विराटनगर रेफर गरिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार