खोटाङ : खोटाङमा झाडापखालाबाट एक बालकको मृत्यु भएको छ ।
जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खाका ४ वर्षीय दिप्सन भुजेलको आज (आइतबार) दिउँसो मृत्यु भएको हो ।
उनको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा. रूपेश संग्रौलाले जानकारी दिए ।
बच्चालाई केही दिनदेखि नै झाडापाखाला लागेको संग्रौलाले बताए । याम्खामा अन्य पनि झाडापखालाको बिरामी भएको उनको भनाई छ ।
संग्रौलाले भने, ‘ठ्याक्कै कति बिरामी छन् भन्ने चाहिँ आधिकारिक जानकारी आएको छैन । तर, झाडापखालाका बिरामी छन् भन्ने जानकारी आएको छ ।’
प्रतिक्रिया