रौतहटमा दुई सवारी ठोक्किएर दुर्घटना हुँदा सुनसरी र मोरङका दुई युवकको मृत्यु

सोमबार, १० भदौ २०८१
इटहरी (डेस्क) : पूर्व पश्चिम राजमार्गस्थित रौतहटमा दुई सवारी साधन ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान उमहानगरपालिका १५ का ३३ वर्षीय तुलसी ओझा र मोरङ जिल्लाको सुन्दरहरैँचा नगरपालिका ११ का विवश सापकोटा रहेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका ४ स्थित राजमार्गको धनसर पुलनजिक पश्चिमबाट पूर्वतर्फ गइरहेको टाटा सुमो र पूर्वबाट पश्चिमतर्फ गइरहेको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए। दुई सवारी साधन एकापसमा ठोक्किँदा मृत्यु हुनेमा दुवै जना मोटरसाइकलमा सवार रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ। बागमती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुवाहक टाटा सुमो र प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो । घटनामा मृत्यु भएका दुवै जनाको शवलाई पोस्टमार्टमको लागि चन्द्रनिगाहपुर अस्पतालमा पु¥याइएको छ। पोस्टमार्टमपछि परिवारजनलाई बुझाइने इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार