धरानमा विद्यालयबाट घर फर्किदैँ गर्दा बाढीले बगाएर एक बालकको मृत्यु

विहीबार, १३ भदौ २०८१
धरान : धरानमा बाढीले बगाएर एक बालकको मृत्यु भएको छ । बिहीबार साँझमा आएको अविरल वर्षाका कारण आएको बाढीले बगाएर बालकको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय धरानका अनुसार धरान १७ मा ड्रेनले बगाएर १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको हो । उनको शव धरान १७ स्थित ठकुरी खोलामा झ्यासमा अड्किएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । धरान ११ को भिक्टोरिया स्कुलमा कक्षा ९ मा अध्ययनरत बालक घर फर्कँदै गर्दा ड्रेनमा बाढीले बगाएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । भारी वर्षाका कारण धरान उपमहानगरपालिका छेउमा रहेको खहरे खोलामा पानीको बहाव बढी भएको थियो । मृतक बालकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार