खैरो हेरोइनसहित विराटनगरबाट २ जना पक्राउ

शुक्रबार, १४ भदौ २०८१
विराटनगर । विराटनगरबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित प्रहरीले बिहीबार दिउँसो दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि छन् । विराटनगर महानगरपालिका–१५ का २१ वर्षीय तिलक यादव र भारतको अररिया जोगवनी–११ का २१ वर्षीय विशालकुमार साहलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त टोलीले दुवै जनालाई विराटनगर–१५ स्थित राइजिङ बोर्डिङ स्कुलनजिकबाट दिउँसो ३ बजेतिर पक्राउ गरेको हो । भारतको जोगवनीबाट आउँदै गरेको को २५ प २११ नम्बरको स्कुटरलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनीहरुको साथबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १३.२८ ग्राम बरामद भएको डीएसपी बस्नेतको भनाइ छ । पक्राउ परेकामध्ये यादव स्कुटर चालक हुन् भने साह पछाडि सवार थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर इन्सपेक्टर प्रकाश थापा नेतृत्वको टोलीले थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार