मोरङमा निर्माणाधीन घरबाट लडेर मजदुरको मृत्यु

शुक्रबार, १४ भदौ २०८१
विराटनगर : मोरङको सुन्दरहरैँचामा शुक्रबार बिहान निर्माणाधीन घरबाट लडेर एक जना मजदुरको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिका–१० का २८ वर्षीय विजय राईको लडेर मृत्यु भएको हो । रुद्र काफ्लेले बनाउँदै गरेको ३ तले घरको माथिल्लो तलाबाट खसेर उनी गम्भीर घाइते भएका थिए । घरको ‘सेट्रिङ’ खोल्ने क्रममा बिहान १०ः५० बजेतिर लडेर घाइते भएका राईलाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । अस्पताल ल्याइपुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार