उनीहरूले उठाएको जिज्ञासा माथि इलाम नगरपालिकाकी उपप्रमुख विष्णुकुमारी दाहाल, नौ नम्बर वडाका अध्यक्ष गोपाल चौहान, नगरपालिकाका सूचना अधिकारी बवुल भक्तराज, सुरक्षा जालोकी संयोजक दिपा आचार्य लगायतले सम्बोधन गरेका थिए ।
सुरक्षा जालोले स्थानीय भन्ज्याङ महिला समूहसँग मिलेर दुई दिने व्यवसाय प्रवर्द्धन सम्बन्धी अभिमुखीकरण समेत गरेको थियो । महिलाहरूलाई स्वरोजगार बन्न प्रेरित गर्न सो अभिमुखीकरण गरिएको अध्यक्ष मिना पराजुलीले बताइन् । अभिमुखीकरणमा करिब तीस जनाको सहभागिता रहेको थियो ।
अनुपम अभियान अन्तर्गत महिलाहरूले भन्ज्याङमा जनचेतना मूलक गीत सहित रयाली समेत गरेका थिए ।
समानताको पक्षमा निर्माण भएका नीति कार्यान्वयन गर्न माग कार्यक्रममा टेवा नेपालकी कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठ र टिम लिडर रुपा उदासको समेत उपस्थिति रहेको थियो ।
प्रतिक्रिया