उनीहरूलाई नेपाल बार एसोसिएसनका पूर्व उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि मदनकुमार खड्का, उच्च अदालत बार एसोसिएसन इलामका अध्यक्ष उत्तम पौडेल लगायतले सम्मान पत्र र मायाको चिनो सहित सम्मान गरिएको बार एसोसिएसन इलाम सदस्य भीम सङ्गम कार्कीले जानकारी दिए ।
सम्मानित श्रेष्ठ, उप्रेती र खनालले २०४२ सालमा इलाम जिल्ला बार स्थापना हुँदा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकाले सम्मान गरिएको बार एसोसिएसन इलामका अध्यक्ष पौडेलले जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथि खड्का सहित नेपाल बारका पूर्व सचिव बालकुमार कट् वाल, झापा बारका अध्यक्ष नारायणप्रसाद भट्टराई, इलाम बारका अध्यक्ष तारानाथ पराजुली, वरिष्ठ अधिवक्ताहरू दामोदर सापकोटा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
प्रतिक्रिया