पाँचथर : फाल्गुनन्द गाउँपालिका ५ का ७२ वर्षीय नरेन्द्र चेम्जोङको शव स्थानीय जीउजीया खोलामा भेटिएको छ ।
असोज ११ गते सामाजिक सुरक्षा भत्ता लिन गाउँ‘पालिका केन्द्र घुर्विसे पञ्चमी गएका चेम्जोङ सोही दिन अपराह्नदेखि सम्पर्कविहीन थिए ।
उनको शव आइतबार बिहान स्थानीयले जीउजिया खोलामा फेला पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
पाँचथर प्रहरी प्रवक्ता (इन्स्पेक्टर) बेनीलाल साहका अनुसार वृद्धको शव इलाका प्रहरी कार्यालय रबीबाट खटेको टोलीले झिकेर पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र रवि लगेको पनि साहको भनाई छ ।
भत्ता बुझेर घर फर्किने क्रममा खोलामा आएको बाढीले बगाउँदा उनको ज्यान गएको हुनसक्ने गाउँ‘पालिका अध्यक्ष बृजहाङ आङदेम्वेले बताए ।
वृद्धको शव फेला परे सँगै पाँचथरमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ६ पुगेको छ । ६ जना बेपत्ता छन् भने तीन जनाको सकुशल उद्धार भएको छ ।
प्रतिक्रिया