क्यानडासामु निरीह नेपाल, बेहोर्‍यो अर्को हार

बुधबार, १६ असोज २०८१
काठमाडौं । नेपाल त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँग पराजित भएको छ । गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । त्यस अघि नेपालले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो । एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध दुवै खेलमा हारेको नेपालले टी-२० खेलमा पनि दुवै खेलमा पराजित भएको छ । यो जितपछि क्यानडाले सिरिजमा ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार