सन्दीप लामिछानेले अमेरिकाको भिसा पाए, आजै बेलुका उड्ने

शुक्रबार, ०२ कार्तिक २०८१
काठमाडौं– सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिका तर्फ जाने जानकारी दिएको छ । यस अघि राष्ट्रिय क्रिकेट टिमसँगै क्यानडा टुरमा गएका सन्दीप अमेरिकाको भिसा नभएका कारण नेपाल फर्किएका थिए । भिसा प्राप्त गरेपछि अब सन्दीपले आइसीसी विश्वकप लिग-२ को अमेरिका र स्कटल्याण्डविरुद्धको सिरिज खेल्न पाउने भएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार