काठमाडौँ : अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा मन्त्री खरेलले अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक रहेको बताउँदै यसमा सरकारले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका हुन्न ।
मन्त्री खरेलले भने,‘अनलाइन टिभी मिडियाहरुलाई नीतिगत रुपमा सुधार गरेर लैजान आवश्यक चाँही छ । यसले सरकारलाई भन्दापनि तपाईहरुलाई नै फाइदा हुन्छ । सरकारले नीतिगत रुपमा सुधार गरेर नै अनलाइन टिभी मिडियाहरुसँग सरकारले सहकार्य गर्नेछ ।’ त्यस्तै मन्त्री खरेलले सबै अनलाइ मिडियाहरुलाई चाँडो दर्ताको प्रकृयामा आउन आग्रह समेत गरे ।
‘राज्यले केही न केही रुपमा सहयोग गर्नको लागि पनि दर्ता गर्नुपर्यो । राज्यले चिन्नु त पर्यो नि । यो छिटो गरौं,’ मन्त्री खरेलले भने । अनलाइन टिभी मिडिया न्यु मेन स्ट्रिम मिडिया भएको बताउँदै मन्त्री खरेलले मेन स्ट्रिम मिडियाले देश र जनताको लागि ठूलो सहयोग गरेको धारणा राखे । अनलाई टिभी मिडियालाई नयाँ मूलधारको मिडिया भनेर एउटा शब्द राख्न उनले सुझाए ।
प्रतिक्रिया