बालकमाथि हुने यौंन हिंसाका घटनाक्रम बढ्दै

आइतबार, ०६ पुस २०८२
बालकहरु माथि हुने यौन हिंसा, विद्यमान कानुनी प्रावधान र रोकथाम संवन्धि कोशी प्रदेश स्तरिय छलफल कार्यक्रम

विराटनगर :  बालक विरुद्धको हिंसा बढ्दो क्रममा रहेको भएपनि उजुरी भने न्युन मात्र पर्ने गरेको विराटनगरमा आयोजित एक कार्यक्रममा जानकारीहरुले वताएका हुन् । विश्वभर हरेक सात बालकमध्ये एक बालक १८ वर्ष हुनु अघि नै यौन हिंसाबाट प्रभावित हुने गरेको पछिल्लो अध्ययनले देखाएको सो अवसरमा जानकारी गराइएको हो । 

नेपालमा पनि बर्षेनी बालक विरुद्ध हुने हिंसा बढ्दै गएको पाईएको भ्वाईस अफ चिल्ड्रेनसँगको सहकार्यमा राष्ट्रिय बालअधिकार परिषद् बालबालिका खोज तलास समन्वय केन्द्र १०४ कोशी प्रदेशले विराटनगरमा आयोजना गरेको ‘बालकहरु माथि हुने यौन हिंसा, विद्यमान कानुनी प्रावधान र रोकथाम संवन्धि कोशी प्रदेश स्तरिय छलफल कार्यक्रममा जानकारीहरुले वताएका हुन ।  भिओसीकी कार्यक्रम म्यानेजर कृति भट्टराईले नेपालमा पनि बालकहरु हिंसामा पर्ने गरेको तथ्य प्रस्तुत गरिन । उनले विश्वमा ७ जना मध्ये १ जना बाल्य अवस्थामा यौन हिंसामा पर्ने गरेको तथ्य  समेत आफनो प्रस्तुतिमा समावेश गरेकी थिइन । 

 
बालक विरुद्धको हिंसा बढ्दो मात्रामा भएपनि उजुरी कम पर्ने गरेको पाइएको समेत भट्टराईले कार्यक्रममा जानकारी गराइन । नेपाल प्रहरीको साईबर ब्युरोकोको प्रतिवेदन अनुशार साईबर अपराधबाट देशभर ३५१ बालक ४२१ बालिका गरि ७७२ जना पीडित भए । कोशी प्रदेशमा मात्रै साईवर अपराधबाट ८ बालक र १८ बालिका गरि २६ जना पीडित भएको तथ्याङक कार्यक्रम प्रस्तुत गरियो । गत आर्थिक वर्षमा कोशी प्रदेशमा अप्राकृतिक मैथुनका ४, बाल यौन दुरुपयोगका १०२, बालविवाह ८ र बालबालिका विरुद्धको कसुरका ५ गते ११९ वटा घटना भएका छन् । बालबालिकामाथि हुने यौन दुव्र्यवहारको सरकारी तथ्याङ्कमा कोशी प्रदेश पहिलो स्थानमा रहेको उल्लेख गरियो ।


उच्च अदालत विराटनगरका मुख्य न्यायाधिश राजनप्रसाद भट्टराईले यौन हिंसाका घटना महिला, बालिका माथि मात्रै हुन्छ भन्ने गरिए पनि तथ्याङ्कले बालक पनि पीडित हुने गरेको देखाएको बताए । बालकमाथि यौन हिंसा हुँदैन भन्ने मान्यता गलत भएको न्यायधिस भट्टराईको भनाई रहेको थियो । 

प्रदेश प्रहरी कार्यालय धरानका एसएसपी ज्ञानेन्द्र फुयाँलले बालक हिंसाका घटना बढ्दो क्रममा रहेको वताए । मानसिक समस्या भएका पीडकहरुबाट पनि बालकमाथि यौन हिंसा हुने गरेको अध्ययनका क्रममा पाईएको समते उनले जानकारी दिए । फुयाँलका अनुसार यौन हिंसाबाट चालु आर्थिक वर्षको मंसिर महिनासम्म ४१ जना बालबालिका पीडित भएका छन् । गत बर्ष सो संख्या एक सय रहेको एसएसपी फुयाँल जानकारी दिए । 

भिओसीका कार्यकारी निर्देशक कृष्ण थापाले २०५२ सालमा बाल यौन दुव्र्यवहार भएको भनेर पहिलो पटक उजुरी गर्दा २ जना पीडत बालकसँगै आफु पनि २ दिन जेल बस्नु परेको अनुभव सुनाए । उच्च सरकारी वकिल कार्यालय विराटनगरकी सहायक न्यायाधिवक्ता विजया नेपालले बालिकाको तृुलनामा बालकहरु पीडित भएको उजुरी कम पर्ने गरेको बताइ । 


सिविन विराटनगरका प्रमुख बासु अधिकारीले यौनहिंसामा परेका बालबालिकाहरुमा  मानसिक समस्या बढी हुने गरेको पाईएको जानकारी गराए । गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्माले घरपरिवार बाटै बालबालिका पीडित हुने गरेको समेत पाइएको वताइन । उनले बालगृहहरुमा पनि हिंसा हुने गरेको सुनाइन । बालअधिकार परिषद् बालबालिका खोज तलास समन्वय केन्द्र १०४ कोशी प्रदेशका समन्वय अधिकृत सुमन अधिकारीले कोशी प्रदेशमा बालबालिका हराउने घटनापनि बढ्दो मात्रामा रहेको बताए । उनले आर्थिक वर्ष २०८१–०८२ मा ८६९ जना बालबालिका हराएकोमा ७७७ जना फेला परेको जानकारी दिए ।  राष्ट्रिय जनगणना अनुशार कोशी प्रदेशमा ७७.२ प्रतिशत बालबालिका आफ्ना बुवा आमासँग रहेको र बाँकी बालबालिका अन्य व्यक्तिहरुको संरक्षणमा रहेका छन् । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार