खेलको इटहरीका नगर प्रमुख हेमकर्ण पौडेलले उद्घाटन गर्दै ब्याडमिन्टनले मानिसलाई स्वास्थ्य सँगै सकारात्मक बनाउने बताए । खेल क्षेत्रमा सरकारको लगानी आवश्यक रहेको बताउँदै मेयर पौडेलले नगर बासीलाई स्वास्थ्यमा ध्यान दिन आग्रह पनि गरे ।
क्लबका अध्यक्ष मेमकुमार राईले जनस्तरको बृहत् सहभागितामा बनेको तरहरा ब्याडमिन्टन क्लबमा दैनिक सय भन्दा बढी खेलाडीले ब्याडमिन्टन खेल्दै आएको बताए । कार्यक्रमको संयोजन तरहराका उत्कृष्ट खेलाडीहरू रमेश लामिछाने,जय खड्का, चन्द्र तामाङ, नारायण गुरुङ, देव अधिकारी, अनिल अधिकारी, अनिल निरौला, उत्तम राई लगायतले गरेका थिए।
प्रतिक्रिया