एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सबाट हुने

शुक्रबार, ३० कार्तिक २०८१
काठमाडौं : पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)को प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ। नेपाल क्रिकेट संघ ९क्यान०ले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एनपीएल स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने जानकारी दिएको हो। क्यानका सचिव पारस खड्काले प्रिमियर लिगको प्रत्यक्ष प्रसारणका लागि क्यानले स्टार स्पोर्ट्सलाई जिम्मेवारी दिएको बताए। उनले नेपालको घरेलु लिगलाई अन्तर्राष्ट्रिय प्लेटफर्ममा लैजाने मौका मिलेको बताए। उनले पहिलो संस्करणको एनपीएललाई क्यानले ब्राण्डको रूपमा स्थापित गर्न खाजेको उल्लेख गरे। पहिलो एनपीएल खेल्न विदेशी फ्रेन्चाइजहरूले खेल्न इच्छा देखाए पनि सम्भव नभएको भन्दै उनले अर्को संस्करणमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेलको रूपमा विकसित हुनसक्ने बताए। लिग खेल्न आउने विदेशी खेलाडीहरूको श्रम स्वीकृतिलगायतका काममा क्यानले सहजीकरण गर्ने खड्काले जानकारी दिए। त्यस्तै उनले उपनिर्वाचनका कारण मंसिर १६ गते खेल आयोजना गर्न सम्भव नभएकाले छिट्टै नयाँ खेल तालिका सार्वजनिक गर्ने बताए। त्यस्तै नेपाल प्रिमियर लिग (एनपीएल)लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ। क्यानका सचिव खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपीएलको मुख्य प्रायोजक रहने जानकारी दिए। क्यानको आयोजनामा ८ टोलीको सहभागिता रहने लिग मंसिर १५ गते पुस ६ गतेसम्म टीयु क्रिकेट मैदानमा एनपीएल हुँदैछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार