सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन : सञ्चारमन्त्री गुरुङ

शनिबार, ०१ मंसिर २०८१
लमजुङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी गठीको अनुसन्धान कहिँकतैबाट पनि प्राभावित नहुने बताएका छन् । लमजुङको गहतेमा निर्माण गरिएको गहते कालिका मन्दिरको आज यहाँ उद्घाटन गर्दै मन्त्री गुरुङले संसदीय छानबिन समितिले नेपालको समस्याग्रस्त सहकारीहरुको अध्ययन गरी प्रतिवेदन तयार पारेको बताए । “सबै दलका प्रतिनिधि सम्मिलित छानबिन समितिले तयार गरेको प्रतिवेदनका आधारमा नै अनुसन्धान भइरहेको छ”, उनले भने । धेरै व्यक्तिमाथि प्रतिवेदनका आधारमा अनुसन्धान भइरहेको मन्त्री गुरुङले बताए । सरकार अहिले कुनै पार्टीको नेतालाई समात्ने र फसाउने पक्षमा नरहेको उल्लेख गर्दै मन्त्री गुरुङले  सही गलत छुट्टयाउने जिम्मा न्यायालयको भएको बताए । सरकारको कामलाई अतिरञ्जित गरेर सरकारलाई गाली गर्नु जायज नभएको उनको भनाइ थियो । “प्रतिवेदनमा कांग्रेस, एमालेलगायत अन्य राजनीतिक दलका व्यक्तिको नाम आएको छ भने पनि उनीहरुमाथि पनि अनुसन्धान हुन्छ”, मन्त्री गुरुङले भने, “केही दिनअघि मात्र कांग्रेस उपसभापति धनराज गुरुङसँग सोधखोज गरिएको छ ।” देशमा भ्रष्टाचार मौलायो भन्नेहरु नै भ्रष्टाचार हो कि होइन भनेर छानबिन गर्दैगर्दा अनुसन्धान प्रभावित पार्नेगरी नाराजुलस लगाइरहेका मन्त्री गुरुङले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार