                             उपचारका लागि स्वीकृत लिएका औषधी पसलहरूबाटै पनि प्रतिबन्धित औषधीहरू बिक्री गर्ने थलोको रूपमा मेडिकलहरू सञ्चालन भइरहेकोले यसतर्फ निगरानी बढाएको उनी बताउँछन् ।
लागूऔषध दुर्व्यसन रोक्नको लागि बिक्रीकर्ताहरूलाई रोक्न जरुरी रहेको उनले बताए । ‘यसमा प्रहरी एक्लैले मात्रै सम्भव नभएकाले समाजका सबै सरोकारवाला निकायहरू लागि पर्न आवश्यक छ,’ डिएसपी जबेगुले भने ।
लागूऔषध प्रयोगकर्ताहरूले लागूऔषध खानको लागि पैसा नभएपछि चोरीका घटनामा संलग्न हुने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

 ‘चोरिएको मोबाइलहरू भारततर्फ गएर बेच्ने र उतैबाट लागूऔषध खरिद गर्ने अनुसन्धानबाट खुल्दै आएको छ,’ उनले भने ।  पछिल्लो समय रातको समयमा मोबाइल चोरी गर्ने प्रवृत्ति बढ्दै गएकोसमेत अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
अधिकांश लागूऔषधमा फसेकामा युवाहरू भए पनि पछिल्लो समय युवतीहरू पनि धेरै मात्रामा रहेको अधिवक्ता दीपक बुढाथोकी बताउँछन् । अधिकांश झैँ–झगडा, कुटपिट, ज्यान मुद्दा, अभद्र व्यवहार, चोरीजस्ता मुद्दाहरूमा लागूऔषध प्रयोगकर्ताहरू नै संलग्नता रहेको उनको भनाइ छ ।
‘धरानका अधिकांश ज्यान मार्ने उद्योग, चोरी, कुटपिटलगायतको मुद्दामा युवायुवतीहरू हुन्छन् । र सानो कुरामा नै कुटपिट गर्ने, ज्यान मार्न प्रयास गर्ने, अभद्र व्यवहार गर्नेजस्ता घटना हुन्छन्,’ अधिवक्ता बुढाथोकीले भने ।
लागूऔषध प्रयोगकर्ताका कारण आपराधिक घटनामासमेत वृद्धि भएपछि स्थानीय सरकारसहित सरोकारवाला निकायले समाजमा जनचेतना कार्यक्रम गर्न आवश्यक रहेको उनको भनाइ छ ।
‘विद्यालय स्तरबाटै बालबालिकाहरूले लागूऔषध प्रयोग गर्ने भएकाले लागूऔषध सम्बन्धी सचेतना कार्यक्रमहरू आवश्यक छ,’ उनले भने, ‘सचेतना कार्यक्रमले पनि धेरै हदसम्म लागूऔषध सेवन गर्न निरुत्साहित गर्छ ।’

 इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक दिवस कुँवरले पछिल्लो समय प्रहरीले अनुसन्धानलाई थप प्रभावकारी बनाउन थालेपछि लाागूऔषध प्रयोगकर्ताको ग्राफ बढेकोजस्तो देखिए पनि नियन्त्रणमा आइरहेको बताए ।
‘लागूऔषध प्रयोगले भ्रमात्मक, शिथिलात्मक र उत्तेजनात्मक गराउने काम गर्छ,’ उनले भने, ‘गाँजा, चरेस खाँदा भ्रमात्मक हुन्छ । खाएपछि शिथिलात्मक हुने ब्राउन सुगर, नाइटाभेट, डाईजापामजस्ता लागूऔषध हुन् ।’
यसैगरी कोकिनलगायतका लागूऔषधले उत्तेजनात्मक बनाउने काम गर्ने भएकाले यसबाट टाढै रहन उनले आग्रह गरे ।

प्रतिक्रिया