जेनजी आन्दोलनमा झापाबाट लुटिएको ग्यासगन गेउरीय खोलामा बेवारिसे अवस्थामा फेला

आइतबार, ०६ पुस २०८२

झापा : झापाको कमल गाउँपालिकामा बेवारिसे अवस्थामा एक थान हतियार फेला परेको छ। कमल गाउँपालिका वडा नं. ५, धन प्रसाद मार्गस्थित गेउरीय खोलाको किनारमा प्रहरीले आइतबार बिहान करिब ६:३० बजे उक्त हतियार फेला पारेको हो।

विशेष सूचनाका आधारमा बरामद खोला किनारमा शंकास्पद रूपमा हतियार रहेको भन्ने विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटिएको थियो।

खोजतलासका क्रममा प्रहरीले २३८१६९ नम्बरको एक थान ‘ग्यासगन’ फेला पारेको हो। बरामद गरिएको उक्त ग्यासगनको बट र नाल खिया लागेको तथा जलेको अवस्थामा रहेको प्रहरीले जनाएको छ।

आन्दोलनका क्रममा लुटिएको हतियार प्रहरीको प्रारम्भिक अभिलेख अनुसार उक्त हतियार गत भदौ २४ गते भएको ‘जेन-जी’ आन्दोलनका क्रममा लुटिएको देखिएको छ। सो समयमा इलाका प्रहरी कार्यालय दमकमाथि भएको आक्रमण र लुटपाटका क्रममा प्रदर्शनकारीहरूले उक्त ग्यासगन लगेको पुष्टि भएको छ।

थप अनुसन्धान जारी बरामद गरिएको हतियारलाई रितपूर्वक प्रक्रिया पुर्‍याएर हाल इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ।

आन्दोलनका क्रममा लुटिएका अन्य सामग्रीहरूको खोजी हुनुका साथै यस घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार