एनपीएल : एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने

विहीबार, १३ मंसिर २०८१
काठमाडौँ : एनसेल फाउन्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल)का खेलमा प्रत्येक चौकामा ग्रामीण र दुर्गम क्षेत्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई चारवटा शैक्षिक सामाग्री प्रदान गर्ने घोषणा गरेको छ । “क्रिकेटले सबैलाई एकताबद्ध  बनाउछ, यस पहलमार्फत हामी ग्रामीण र दुर्गम विपन्न क्षेत्रका विद्यार्थीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न चाहन्छौँ”, एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन् । फाउण्डेसनले उपलब्ध गराउने शैक्षिक सामग्री क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा प्रदान गरिनेछ । क्यानले एनपीएलका लागि एनसेलसँग यसअघि नै साझेदारी सम्झौता गरिसकेको छ । यस साझेदारीअन्तर्गत, एनसेल, सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको ‘पावर्ड बाई’ पार्टनरको रूपमा रहेको छ ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार