एनपीएल : चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने

विहीबार, १३ मंसिर २०८१
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को टोली चितवन राइनोजले आफ्नो खेल हुने दिनमा चितवनबाट काठमाडौँ आउन चाहने समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ। खेल हुने दिनमा चितवन मेडिकल कलेजदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरसम्म र क्रिकेट मैदान कीर्तिपुरदेखि चितवन मेडिकल कलेजसम्म निःशुल्क दैनिक पाँच वटा बस व्यवस्था गरिएको टोलीले जनाएको छ। यो सेवा टिकट खरिद गरेका समर्थकहरूले लिन सक्ने चितवन राइनोजले जनाएको छ। चितवन राइनोजले आफ्नो पहिलो खेल यही मंसिर १७  गते काठमाडौँ गुर्खाजसँग खेल्दै छ। यो खेल दिउँसो सवा एक बजे सुरु हुनेछ। पहिलो खेलका लागि चितवन मेडिकल कलेजदेखि काठमाडौँका लागि बिहान तीनबजे बस प्रस्थान गर्नेछ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

सम्बन्धित समाचार