भिभोद्वारा एनपीएलको आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा

शुक्रबार, १४ मंसिर २०८१
काठमाडौँ : स्मार्टफोन भिभोले नेपाल प्रिमियम लिग (एनपीएल)को आधिकारिक स्मार्टफोन साझेदार बन्ने घोषणा गरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)सँग खेलकुद साझेदारीका लागि हिमालयको महोत्सवको रूपमा चिनिएको प्रतीक्षित क्रिकेट प्रतियोगिताका लागि भिभोले आधिकारिक स्मार्टफोन साझेदार बनेको हो । मङ्सिर १५ शनिबारदेखि पुस १ सम्म त्रिवि रङ्गशाला कीर्तिपुरमा एनपीएल प्रतियोगिता आयोजना हुँदैछ । काठमाडौँमा आयोजित एक समारोहमा भिभो र एनपीएलबीचको साझेदारी औपचारिक रूपमा सार्वजनिक गरिएको हो । समारोहमा भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकल लिउ, क्यानका सचिव पारस खड्का र भिभो तथा क्यानका अन्य विशिष्ट पदाधिकारीहरूको उपस्थिति रहेको थियो । नेपाली क्रिकेटको लागि एक महत्त्वपूर्ण क्षणको रूपमा रहेको उक्त समारोहमा भिभो मोबाइलका राष्ट्रिय वितरकहरू र अन्य विशेष अतिथिहरूको सहभागिता रहेको थियो । साझेदारी कार्यक्रममा बोल्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत लिउले लोकप्रिय खेलकुद कार्यक्रममा सहकार्य गर्न पाउँदा हर्षित रहेको बताए । खेलकुदको विश्वव्यापी भाषामार्फत दर्शकहरूसँग जोडिन प्रतिबद्ध रहेको उनले जनाए । प्रतियोगितालाई थप रोमाञ्चक बनाउन भिभोले नेपालले देशभरका क्रिकेट प्रशंसक र ग्राहकहरूलाई लक्षित गरी भौतिकसँगै डिजिटल प्रयासहरू गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार