काठमाडौँ : भारतीय क्रिकेटर शिखर धवन नेपाल आएका छन् । शनिबारदेखि सुरू हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न धवन आज (शुक्रबार) साँझ नेपाल आएका हुन् ।
धवनले एनपिएल टोली कर्णाली याक्सबाट खेल्नेछन् ।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरेले स्वागत गरे ।
विमानस्थलमा सञ्चारकर्मीसँग धवनले आफू एनपीएल खेल्न पाउँदा उत्साहित भएको बताए ।
३९ वर्षीय बायाँहाते ब्याटर धवन इन्डियन प्रिमियर लिग (आइपीएल)मा सनराइजर्स हैदरावादसँगै दिल्ली क्यापिटल्स, डेक्कन चार्जर्स र पञ्जाब किङ्सबाट खेलिसकेका छन् ।
सन् २०१६ मा धवन सम्मिलित हैदरावादले आइपीएलको उपाधि जितेको थियो ।
प्रतिक्रिया
लेखकको बारेमा
रासस
नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।
प्रतिक्रिया