नेपालको माछा भने सिजनल हुने भएकोले साउन महिनादेखि कात्तिक महिनासम्म बढी बिक्री हुने उनी बताउँछन् । खासगरी यहाँ छिमेकी देश भारतको नक्सलवादी, गोरखपुरहरूबाट माछा ल्याइने उनको भनाइ छ ।
उनका अनुसार अब माछा खोजेर मार्नु भन्दा पनि पोखरीमा पालेर बेच्ने गर्ने अधिकांश भएको उनी बताउँछन् । ‘गाउँघरबाट आएको माछा मात्रै खोलानालाको हुन्छ, नभए पोखरीमै पालेका माछा बेचिन्छ,’ उनले भने ।
सिद्रा माछा सिजनअनुसार पाइने भएकाले १२ किसिमदेखि १८ किसिमसम्मको सिद्रा माछा बेच्ने गरेका शाहीले बताउँछन् ।
जसमा सबैभन्दा सस्तो ६ सयदेखि सिद्रा माछा आउँछ भने सबै भन्दा महंगो १२ सय रुपैयाँको झिगें माछा हुन्छ । झिगें माछा कम पाउने भएकोले अलि महङ्गो भएको उनी बताउँछन् ।
उनका अनुसार यहाँ केचकी, माडा, मैथली, पोथी, लोली, बाम्ला लगायतका माछाका सिद्रा बिक्री हुने गरेको छ । ‘पोथिया भने बाह्रमासै हुन्छ भने अन्य माछाहरू भने सिजनल हुन्छ,’ उनले भने ।
यहाँबाट पूर्वी पहाडी जिल्लाहरूमा पुर्खाहरूले सामान बेच्ने गरेकाले अहिले पनि सबै भन्दा बढी पहाडी जिल्लाका मानिसहरूले लैजाने गरेको व्यापारी उषा शाहीले बताउँछिन् ।
स्वदेशदेखि विदेशका हङकङ, बेलायतलगायतका देशसम्म सिद्रा बिक्री हुने उनको भनाइ छ । उनी दैनिक चार हजारदेखि १० हजारसम्म बिक्री गर्दै आएकी छन् ।
यो ठाउँमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सिद्रा बिक्री गर्न व्यापारीहरू बस्ने गरेका छन् ।
प्रतिक्रिया