एनपिएल : उपनिर्वाचनका कारण आज खेल नहुने, सोमबार को-को भिड्दै छन् ?

आइतबार, १६ मंसिर २०८१
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) का आज कुनै पनि खेलहरू छैनन् । आज देशभर स्थानीय तहको उपनिर्वाचन भएको र कीर्तिपुर नगरपालिकाको मेयर पदमा पनि मतदान हुने भएको कारण खेलहरू नराखिएको नेपाल क्रिकेट काउन्सिल (क्यान)ले जनाएको छ । आजको खेल भोलिको लागि सारिएको हुनाले सोमबार भने दुई खेल रहेका छन् । क्यानका अनुसार भोलि पहिलो खेल बिहान ९ः १५ बजे काठमाडौँ गुर्खाज र चितवन राइनोज्बीच हुनेछ भने दोस्रो खेल दिउँसो १ः १५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स्बीच हुनेछ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार