चितवन राइनाेजविरुद्ध काठमाडौं गोर्खाजको खराब ब्याटिङ

सोमबार, १७ मंसिर २०८१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो खेलमा आज (सोमबार) जारी खेलमा चितवन राइरोजविरुद्ध काठमाडौं गुर्खाजले खराब ब्याटिङ गरेको छ । काठमाडौंले १३.१ ओभरमै ६ विकेट गुमाएको छ । यो बेलासम्म काठमाडौंले मात्र ७४ रन बनाएको थियो । १.१ ओभरमै विकेट गुमाउन सुरु गरेको काठमाडौंको त्यो क्रम रोकिएन । यता चितवनमा बलरले भने उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । यस क्रममा पाकिस्तानका सोहिल तानबिरले ३ विकेट लिएका छन् । चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् । खेल बिहान ९ः१५ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार