एनपिएल : काठमान्डु गुर्खाजले चितवनलाई दियो ११२ रनको लक्ष्य

सोमबार, १७ मंसिर २०८१
काठमाडौं । काठमान्डु गुर्खाजले जारी नेपाल प्रिमियर लिगमा चितवन राइनोजलाई ११२ रनको लक्ष्य दिएको छ । टस जितेर चितवन राइनोजले काठमान्डुलाई ब्याटिङको निम्तो दिएको थियो । खेलमा चितवन राइनोजका सोहेल तनविर सान्दार बलिङ गरे । उनले एनपीएलमा एकै खेलमा ५ विकेट लिने पहिलो बलर पनि बनेका छन् । ३९ वर्षे भेट्रान बलर तनविरले आफ्नो चार ओभर कोटामा २१ रन खर्चेर ५ विकेट लिएका छन् । तनविरको धारिलो बलिङमा काठमान्डुका ब्याटरले संघर्ष गर्नुपरेको थियो । काठमान्डुको कप्तानी करण केसीले सम्हालिरहेका छन् भने चितवन राइनोजलाई कप्तानी कुशल मल्लले सम्हालेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार