एनपीएल : सुदूरपश्चिमले विराटनगरलाई दियो १८३ रनको लक्ष्य

मंगलबार, १८ मंसिर २०८१
काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १८३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनायो। सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाए। उनले २४ बलमा ३ चौका र ५ छक्काको मद्दतमा ५७ रन बनाए। यस्तै ब्रेन्डन मक्मुलेनले ३६ तथा बिनोद भण्डारीले २३ र इशान पाण्डेले २१ रन बनाए। विराटनगरका अनिल खरेलले ३ विकेट लिए। एनपीएलमा सुदुरपश्चिमले आज आफ्नो पहिलो खेल खेल्दैछ। विराटनगर भने पहिलो खेलमा जनकपुरसँग पराजित भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार