डा. कोइराला निवासमा सभापति शेरबहादुर देउवासहित सशांक कोइराला ।[/caption]
बीपी पुत्र शशाङ्क कोइरालाको साथमा निवास पुगेका देउवाले त्यहाँ चिया समेत पिएका थिए । कोशीमा छरपस्ट देखिएको संस्थापन र इतर समूहको कलहलाई छायाँमा पार्न देउवा त्यहाँ पुगेको राजनीतिका जानकारहरू बताउँछन् ।
कोइराला निवासमा डा. शेखर कोइराला बस्दै आएका छन् । कोशीको सम्मेलनलाई बहिष्कार गरेका शेखर चितवन जाँदै थिए । देउवालाई भने शेखरकी पत्नी पुनम कोइरालाले स्वागत गरेकी थिइन् । यसले पनि देउवाले कांग्रेसभित्र एकताको सन्देश दिएको जानकारहरूको भनाइ छ ।
यो पनि - कांग्रेस कोशीको सम्मेलनमा कुन नेताले के बोले ?
यो पनि - विराटनगरमा नेपाली कांग्रेसका डा. शेखर कोइराला समूहको भेला : कुन नेताले के भने ?
प्रतिक्रिया