साथै अधिवेशनले द्रोण कट्वालको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । कमिटीको उपाध्यक्षमा राजेन्द्र राई सोताङ, सचिवमा भगत राई, उपसचिवहरू महेन्द्र कुलुङ राई र सुस्मिता राई चयन भएका छन् ।
सदस्यहरूमा नगेन्द्र तामाङ, बुद्धिप्रसाद कोइराला, रूपा विश्वकर्मा, मीना तामाङ, लीलादेवी भगत, सुवास राई, विजय राई, सुनबहादुर राई, कुलबहादुर मगर, ज्ञानु राई, संगीता राई, उषा दहाल काफ्ले, पुष्प मगर, बलिराम राई, टीकामाया राई, प्रकाश राई, वविता राई र मोहन राई रहेका छन् ।
अधिवेशनमा नेकपा (एमाले) कोशी प्रदेश सदस्य सुशीला पहाडी, सूर्य पन्धाक,, जिल्ला सदस्यहरू नारायण सुवेदी, केदार लामिछाने, सन्तोष राई, धरान नगर सचिव राजेन्द्र राई, उपसचिव दिवस बान्तवा वडा नम्बर ४ का वडाध्यक्ष धनबहादुर राई लगायत सहभागी थिए ।
प्रतिक्रिया